परिश्रम गरे पनि भनेअनुसारको लाभ मिलेको छैन। कुनै पनि कामहरु गर्दाखेरि अन्तिममा गएर काम रोकिने गर्दछ, सानो सानो मिस्टेकहरु आउने गर्दछ कुनै कार्यविशेषको लागि डक्युमेन्टहरू बनाउँदै हुनुहुन्छ भने नाममा गल्ती भइदिने अथवा कागजहरूमध्ये कुनै एउटा कागज छुटेर काम नबन्दिने, गाडी चलाउँदाखेरि सानोतिनो चोटपटक लागिराख्ने, तरकारी काट्दै हुनुहुन्छ अथवा घरेलु अन्य कामहरूमा चक्कु अथवा अन्य धारिलो वस्तुबाट चोट लाग्ने, सपनाहरू खराब देखिने, अलिकति डर लाग्ने मनमा हुँदै नभएको कुरालाई लिएर डर लाग्ने इत्यादि समस्याहरू देखिएका छन् भने पक्कै पनि तपाईंको जन्मकुण्डलीमा राहु ग्रहको खराब स्थिति छ र तपाईंको दशाहरूमा राहु अथवा संकटाको दशा चलेको छ। यसको लागि तपाईंले नियमित रुपमा राहु ग्रह अथवा संकटा ग्रहको मन्त्र जप गर्न सक्नुहुनेछ ॐ रां राहवे नमः मंत्र दैनिक जप गर्नुहोला। बुधबार अथवा शुक्रबारको दिन पारेर सात प्रकारको अन्न दान गर्नुहोला, कामहरू गर्दा एकदमै विचार गरेर सावधानीपूर्वक गर्नुहोला