१. यदि कुनै पनि पुरुष अथवा स्त्रीको जन्मकुण्डलीको पाँचौं भाव खराब भएर बसेको छ। पाँचौं भावको ग्रहको अवस्था कमजोर छ भने त्यस्तो अवस्थामा सन्तानसँग सम्बन्धित समस्या दिन्छ। २. जन्मकुण्डलीमा दुई विवाह दोष छ भने सन्तान बाधा ल्याउने गर्दछ। ( समस्या अनुसारको उपाय गराउने) ३. पुरुष अथवा महिलाको अष्टमभाव अथवा महिलाको सप्तम भाव पीडित छ भने त्यस्तो अवस्थामा पनि सन्तान बाधा हुने गर्दछ। ४. महिला अथवा पुरुषको खानपान नियमित रूपमा बिग्रेको छ साथै कुनै वंशानुगत समस्या छ भने पनि सन्तानमा समस्या हुने गर्दछ। ५. महिला अथवा पुरुषको शारीरिक अवस्था र उमेरले पनि फरक पर्ने गर्दछ